बाग्लुङमा पहिरोले गोठ पुरिँदा एक बेपत्ता : दुई भैंसी मरे !

बाग्लुङमा पहिरोले गोठ पुरिँदा एक बेपत्ता : दुई भैंसी मरे !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ। बागलुङको काठेखोला गाउँपालिका – २ भीमापोखरा बास्कोटमा पहिरोले गोठ पुरिँदा एक पुरुष बेपत्ता हुनुभएको छ भने दुई वटा भैंसी मरेका छन् ।

अविरल वर्षासँगै आएको पहिरोले भुमियाखेतमा रहेको गोठ भत्किँदा स्थानीय अन्दाजी ६० वर्षीय टेकबहादुर खाती बेपत्ता हुनुभएको हो । बेपत्ताको खोजी कार्य सुरु भएको अक्षते प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

नेपाल प्रहरी र स्थानीयवासीको सक्रियातमा बेपत्ताको खोजी कार्य भैरहेको छ । बेपत्ता खातीको मोबाइल घटनास्थलमै भेटिएको छ । बुधबार साँझ गोठमाथि रहेको सडकबाट पहिरो खसेको वडाध्यक्ष विद्यापति शर्माले जानकारी दिनुभयो । गोरखापत्र अनलाइन

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय