बागलुङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि !

बागलुङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बागलुङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाग्लुङमा थप ८ जना कोरोना सक्रंमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरेको परीक्षणमा जैमिनी नगरपालिकका ५ जना, गलकोट नगरपालिकाका १ जना र काठेखोला गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

जैमिनी नगरपालिका वडा नम्बर वडा नम्बर ५ का २७ र ५४ वर्षीय पुरुष, वडा नम्बर ८ का ३३ वर्षीय पुरुष, वडा नम्बर ६ का ५१ र १८ पुरुष रहेका छन् । गलकोट नगरपालिका वडा नम्बर ५ का ३१ पुरुष र काठेखोला गाउँपालिका वडा नम्बर ७ का २१ वर्षीय पुरुष र ५१ वर्षीया महिलामा कारोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै भारतबाट आइ क्वारेन्टिनमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय