बाग्लुङ : बाग्लुङ जिल्लाको दोस्रो ठूलो बजार बुुर्तिबाङमा राष्ट्रिय प्रसारण लाइन आइपुगेको छ । ठूलो लगानी र मेहेनतपछि बुर्तिवाङबासीले आजदेखि राष्ट्रिय प्रसारण लाइनबाट बिजुली बाल्न पाएका हुन् । साताअघि प्राथमिक स्वास्थ्य केन्द्रमा बिजुली बालिएकोमा आजदेखि सर्वसाधारणको घरमा पनि बिजुली बालिएको हो ।
आज उक्त लाइनको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीले बिधिवत रुपमा उद्घाटन गर्नुभएको छ। सो अवसरमा बोल्दै ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले सदरमुकामदेखि ९० किमी पश्चिमको बुुर्तिबाङमा अघिल्लो वर्षदेखि थालिएको अभियानले मूर्तरुप लिएको बताउनुभएको छ ।
उहाँले उद्योग व्यवसाय गर्न चाहनहरुका लागि अब सहज भएको बताउनुभएको छ । जिल्लाको निसीखोला, बडिगाड र तमानखोला गाउँपालिकामा विद्युत सेवा बिद्युत सेवा पु¥याउन आफुले सक्दो पहल गर्ने बताउनुभएको छ । हरिचौरमा सब–स्टेसन निर्माण गरेर बुुर्तिबाङमा (९५० किलोमिटरको दुरीमा) बिजुली ल्याउन सकिएको विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताउनुभएको छ ।
लकडाउन अघि नै बाल्ने योजना भएपनि प्राविधिक कारण बस ढिला भएको बताउदै उहाँले अब ग्रामीण क्षेत्रमा पनि लाइन बिस्तार गर्न का लागि आफुले सक्दो पहल गर्ने बताउनुभएको छ । हरिचौरको ११ केभी सब–स्टेसनबाट बुुर्तिबाङसम्म ४ सय पोल गाडेर विद्युत ल्याइएको उहाँको भनाई छ । अवका दिनहरुमा बुर्तिबाङ क्षेत्रका उद्योगी व्यावसायी ,स्वास्थ्य केन्द्र लगायत अन्य नागरिकहरु प्रत्यक्ष लाभान्बित हुने लक्ष्य राखिएको छ । साभार : ढोरपाटन पोष्ट




