बुधबार(आज) बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गयो ठुलो भुकम्प, क्षति विवरण यस्तो

बुधबार(आज) बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गयो ठुलो भुकम्प, क्षति विवरण यस्तो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बुधबार बिहान ५ बजेर १९ मिनेट जादा ६ रेक्टर स्केलको भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भुकम्प गएपनि यो समाचार तयार पार्दासम्म कुनै क्ष्यतिको बिबरण नआएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताए। यस्तै सिन्धुपाल्चोकमा भूकम्पले गर्दा पहिरोको जोखिम बढेपछि प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्ट रहन निर्देशन गरेको बताएका छन्।

स्थानिय भने भूकम्पको त्रासले पानीमा रुझ्दै घर बाहिर बसेका छन्। ५ रेक्टर स्केलका साना कम्पनहरु यो भन्दा अगाडी गैरहे पनि ६ रेक्टरको कम्पन भने अलि लामो समयपछि गएको बताईएको छ। भूकम्पले राम्ररिनै हालैको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय