सुमित्रा कंडेल : स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि पाल्पाको मिशन अस्पतालले दिने सेवालाई सीमित गरेको छ । अस्पतालले आज भदौं ३० गतेदेखि लागु हुने गरी अनिश्चितकालका लागि अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द भएको जनाएको छ । अस्पतालका निर्देशक डाक्टर रचेल कारणद्धारा हस्ताक्षरित सुचनामा क्रिटिकल्ली इमर्जेन्सी सेवाबाहेक सबै सेवा बन्द उल्लेख गरिएको छ । हिजो पाल्पामा देखिएका २१ संक्रमित मध्ये युनाईटेड मिशन अस्पतालका एक डाक्टर, एक अनमी, एक कर्मचारी र एक बिरामी छन् ।
अस्पतालका ५० जना कर्मचारी आइसोलेनका बसेका छन् । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनका ४ डाक्टर, ३ स्टाफ नर्स, ३ बिरामी गरी १० जना, यूनाईटेड मिशन अस्पताल तानसेनका एक डाक्टरसहित ४ जना, जिल्ला अस्पताल पाल्पाका कर्मचारी र उनका छोरी गरी २ जना, बगनासकाली ९ का बाबुछोरा गरी २ जना र तिनाउका ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो संगै पाल्पामा संक्रमितको संख्या ६ सय ८१ पुगेको छ । संक्रमित मध्ये ५ सय ७७ जना सन्चो भएर घर फर्किएका छन् भने एक पुरुष र एक महिलाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ ।





