राष्ट्रिय झण्डा जलाउने गायकलाई थुनामा पठाउन आदेश

राष्ट्रिय झण्डा जलाउने गायकलाई थुनामा पठाउन आदेश

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाउने गायक ग्लाल्जेन दोर्जे तामाङलाई जिल्ला अदालत, काठमाडौंले थुनामा पठाउन आदेश दिएको छ। नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका ९ जना मध्ये एक जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। पक्राउ परेका मध्ये तिन जनालाई १५ हजार रुपैयाँ धरौटी लिएर अदालतले छाडेको छ भने अन्य ५ जनालाई साधारण तारेखमा छाड्न आदेश भएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी सोमेन्द्रसिंह राठौरले बताए ।

मङ्गोल होप नामक युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो हालेपछि तिब्ररुपमा बिरोध भएको थियो साथै चाडो भन्दा चाडो कारबाही गर्न माग गरिएको थियो। सोहि अनुरुप नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाले ३ भदौमा ९ जनालाई पक्राउ गरेको थियो। मुलुकी अपराध संहिता अनुसार राष्ट्रिय झन्डा वा गानको अपमान गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुनसक्ने व्यवस्था छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय