बाग्लुङ पहिरो अपडेट : वेपत्ताको शव भेटियो !

बाग्लुङ पहिरो अपडेट : वेपत्ताको शव भेटियो !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : दुई दिन यता निरन्तर भैरहेको वर्षाका कारण कमजोर जमिन भत्केर पहिरो जाँदा बागलुङको जैमिनी नगरपालिकामा ठूलो क्षति भएको छ । आइतवार मात्रै दुई जनाको ज्यान लिने गरी वडा नं. १ र ५ मा आएको पहिरोमा परी ८ जना घाइते भए भने ४ घर विस्थापित भए ।

सोमबार बिहानै आएको पहिरोका कारण वडा नं.१ टुनिबोटमा एक जनाको मृत्यु भयो । बेपत्ता भएका ६१ बर्षिय हरिकृष्ण पौडेलको शव भेटिएको छ । पाँच घर पहिरोले पुरेको छ । रातको समयमा नै भागेर पाँच घरका सर्वसाधारणले ज्यान जोगाए । जैमिनी नगरपालिकाकै वडा नं. ७ जैदिमा चार घर पहिरोको उच्च जोखिममा छन् ।

वडा नं. १० को राङ्खानीमा ढाँड र चिन्ने गाउँका ३० घर पहिरोको उच्च जोखिममा छन् । अत्याधिक वर्षा पछि पहिरोले खोला थुनिएर सिर्जित बाढीका कारण गाउँनै जोखिममा रहेको स्थानीय दिल प्रसाद पौडेलले बताए ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय