मादकपदार्थ सेवन गरेका युवकले महिलामाथि खुकुरी प्रहार गरेपछि

मादकपदार्थ सेवन गरेका युवकले महिलामाथि खुकुरी प्रहार गरेपछि

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

उदयपुर जिल्लाको कटारी नगरपालिका–११ का २५ वर्षीय ईश्वर मगरले स्थानीयवासी ५० वर्षीया महिला डोरकुमारी राउतलाई खुकुरीले प्रहार गरि हत्या गरेका छन्। घटना शनिबार (आज) बिहान ९ बजे घटेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मादकपदार्थ सेवन गरेका मगरले छिमेकी महिलासँग विवाद भएपछि खुकुरी प्रहार गरेको बताईएको छ। महिलालाई खुकुरी प्रहार गरेपछि ति व्यक्ति भने जंगलतिर फरार भएका थिए तर प्रहरीले ति युबकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ। खुकुरीको प्रहार पछी गम्भीर घाइते भएकी महिलालाई उपचार गर्न कटारी अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय