२९ वर्षीय म्याचेष्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएनाले प्रोफेसनल फुटबलर्स एसोसियसन (पिफए) वर्ष खेलाडीको अवार्ड जितेका छन् ।
ब्रएनाले भने ‘प्रशिक्षक पेप ग्वार्डीओलाले मलाई म हुन दिएका छन् साथै अरुले भोट गरेर उकृष्ट खेलाडी बन्नु ‘यो मेरो लागि ठूलो सम्मान हो ।’
मिडफिल्डर ब्रुएनाले गत सिजनमा १३ गोल गर्नुका साथै २० गोलका लागि अवसर सिर्जना गरेका थिए। सन् १९७३–७४ पछि सो अवार्ड जित्ने उनी सिटीका पहिलो खेलाडी बने।





