ढोरपाटनका बाढी पिडितलाई समिर आचार्यको सहयोग

ढोरपाटनका बाढी पिडितलाई समिर आचार्यको सहयोग

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

ढोरपाटनमा आएको बाढी र पहिरोले प्रभावित बनेका पीडितहरुको लागि थोरै भएपनि राहत दिने उद्धेश्यले बागलुङ्ग बडिगाड गाउँपालिका वडा नं ५ स्थित बडिगाड मिडिया हाउस प्रालिले केहि दिन देखि सहयोग अभियान सुरु गरेको थियो। देश तथा विदेशबाट विभिन्न व्यक्तिहरुले सहयोग गरेर यस अभियानमा साथ दिइरहनु भएको छ। यस्तै बडिगाड गाउपालिका वाड न ०५ बस्ने समिर आचार्यले पनि बाढी पीडितहरुको लागि भनेर व्यक्तिगत पाच हजार पाच ( रु ५००५) सहयोग गरेर यस अभियानमा जोडिनु भएको छ। यस अभियानमा सहयोग गरेर साथ् दिनुभएकोमा बडिगाड मिडिया हाउसको तर्फ बाट धेरै-धेरै धन्यबाद छ। केहि समयदेखि उहा काठमाडौँमा बस्दै आउनु भएको छ भने उहा ग्लोबल आई एम ई बैंकसंग आबद्ध हुनुहुन्छ।

उहाँ सहयोगी मात्र नभएर बडिगाड मिडिया हाउसको अभियानलाई साथ दिने प्रत्यक्ष अभियान्ता पनि हो। यदि तपाईहरु पनि सहयोग गरेर यस अभियानमा जोडिन चाहनु हुन्छ भने प्रभु बैकंमा रहेको बडिगाड मिडिया हाउसको नाममा खाता नं १४२०१५५०१२३४०००१६ मा रकम जम्मा गर्नसक्नुहुनेछ। राहत संकलन अभियानमा बडिगाड मिडिया हाउसका सञ्चालक जीवन पाण्डे सगैं बिमल खड्का, सागर भण्डारी, बुद्द पाण्डे, दिनेश शर्मा, प्रकाश घिमिरे, दिपक नेपाली र राजन पाइजा हुनुहुन्छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय