आईसीसीले पठायो नेपाली क्रिकेट खेलाडीको तलब । मासिक कति पाउछन त खेलाडीले ?

आईसीसीले पठायो नेपाली क्रिकेट खेलाडीको तलब । मासिक कति पाउछन त खेलाडीले ?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपाली क्रिकेट खेलाडीले सन् २०१९ मा पाउनु पर्ने तलब अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अहिले पठाएको छ। त्यस्तै यसअघि आईसीसीले २०१७ र २०१८ को खेलाडीहरुको तलब २०१९ को फेब्रुअरीमा एकमुष्ट पठाएको थियो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले दिएको जानकारी अनुसार आईसीसीले सोमबार बेलुका एक वर्षको तलब नेपाल क्रिकेट संघ (क्यान) को खातामा पठाएको हो भने तलब आईसीसीले पठाएको तीन दिन भित्रमा क्यानको खातामा आइपुग्ने छ र त्यसपछि खेलाडीको खातामा पठाइने छ।

नेपाली खेलाडीले ग्रडिङ्ग अनुसार मासिक तलब पाउनेछन भने खेलाडीहरुलाई ए बि र सि गरी ग्रडिङ्ग गरिएको छ जस अन्तर्गत ए ग्रेडका खेलाडीले मासिक ४५ हजार, बि ग्रेडकाले ३५ हजार र सि ग्रेडकाले २५ हजार रुपैयाँको दरले तलब पाउनेछन् । यो पटक भने खेलाडीहरुले विगतमा भन्दा मासिक १० हजार रुपैयाँ बढी पाउनेछन्।नेपाली टिममा २२ खेलाडी र १ जना भिडियो एनालिस्ट सहित २३ जना छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय