भारतले राख्यो नया रेकर्ड : सबै भन्दा धेरै कोरोना सक्रमित हुनेमा दोश्रो स्थानमा उक्लियो

भारतले राख्यो नया रेकर्ड : सबै भन्दा धेरै कोरोना सक्रमित हुनेमा दोश्रो स्थानमा उक्लियो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

शनिबार भारतमा ९० हजार बढी मानिसमा कोरोनाभाइरस देखिएपछि दोश्रो धेरै कोरोनाभाइरस संक्रमित भएको देश ब्राजीललाई उछिन्दै अहिले भारत दोस्रो स्थानमा उक्लेको छ भने पहिलो स्थानमा अमेरिका नै छ। भारतीय मिडियाका अनुसार २४ घन्टामा ९० हजार ६ सय ३३ संक्रमित थपिएका हुन् भने अहिलेसम्म कुनै पनि मुलुकमा एकैदिन यति धेरै संक्रमित थपिएका थिएनन्। यो संगै भारतले नया रेकर्ड कायम गरेको छ। भारतमा कोरना संक्रमित तिब्र गतिमा बढेसंगै कोरोना संक्रमितको संख्या ४१ लाख १३ हजार ८ सय १२ पुगेको छ। तीमध्ये ८ लाख ६२ हजार ३ सय २० जना सक्रिय संक्रमित छन् भने ७० हजार ६ सय २६ जनाको मृत्यु भएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय