सडकमा रहेका व्यक्तिहरुलाई खान खुवाउदै नायक पल शाह

सडकमा रहेका व्यक्तिहरुलाई खान खुवाउदै नायक पल शाह

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कोरोन महामारीका कारण दैनिक मजदुरी गरेर जीवन चलाउने व्यक्तिहरुलाई अहिले हात मुख जोड्न नै गारो भैरहेको छ। यस्तो अवस्थामा सरकारले भने त्यति चासो दिरहेको छै। तर, नेपाली चलचित्रका चर्चित मोडल एबम नायक पल शाहले भने नेपालमा लकडाउन भएसंगै निम्न आय भएका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन्। फिल्म क्षेत्रमा लग्नु भन्दा अगाडी देखि नै सामाजिक कार्यमा सक्रिय हुदै आएका पल शाहले केहि समय अगाडी चलचित्र प्राविधिकहरुलाई पाँच लाख बराबरको राहत सहयोग गरेका थिए भने केहिसमय अगाडि कैलाली पुगेर बाढी पहिरो पीडितलाई सहयोग गरेर फर्केका थिए ।

त्यस्तै शनिबार पनि काठमान्डौको सडकमा रहेका जनतालाई आफ्नै हातले खान खुवाउनमा ब्यस्त थिए। नायक पल शाहले विभिन्न कारणले गर्दा दैनिक खन्ना खान नपाएका र सडकमा भोकमारी संग सामना गरिरहेका व्यक्तिहरुलाई उक्त ठाउमा गएर आफै खान बाडेका छन्। उनको सहयोगी भावनाले गर्दा दर्शकमाझ उनि झन् लोकप्रिय हुदैछन।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय