बडिगाड अनलाइन । ढोरपाटन नगरपालिकाको बाढी पहिरो प्रभावित क्षेत्रमा पुग्ने सडक मर्मत सुरु भएको छ । गत बुधवार आएको बाढीका कारण प्रभावित बनेकाहरुलाई राहत र अन्य सहयोगका लागि सहज होस भनेर सडक मर्मतको काम थालिएको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले बताउनुभयो ।
विभिन्न सघंसंस्थाहरुले राहत सामाग्रीहरु लिएर आउँदा उक्त ठाउँसम्म पुग्नका लागि बाढीले सडक बगाईदिएपछि कठिनाई भएको भन्दै उहाँले प्रभावितहरु समक्ष राहत लिएर पुग्न सहज होस् भनेर तत्कालै सडक मर्मतको काम सुरु गरिएको बताउनुभयो । बाढीले अधिकाशं स्थानमा सडक बगाएको छ । अहिलेसम्म उक्त स्थानमा राहत लिएर पुग्नेहरु पैदलनै पुग्ने गरेका छन् ।
नगरपालिकाले पनि भनेजति राहत सामाग्री उपलब्ध गराउन सडकका कारण नसकेपछि तत्कालै सडक सुचारु गर्न लागिएको उहाँको भनाई छ । अहिले अधिकारीचौरबाट सडक मर्मत गर्ने काम सुरु भएको छ । आगामी दुई तीन दिन भित्र सडक मर्मतको काम पुरा हुने निर्माण व्यवसायी शिवराज कडेंलले जानकारी दिनुभयो ।




