सुमित्रा कंडेल : काेराेना सङ्क्रण समुदाय स्तरमा फैलिन थालेपछि स्थानीय सरकार बाट नयाँ क्वारेन्टाइन निर्माण गरिएको छ। पाल्पा जिल्ला माथागढी गाउँपालिकाले समुदाय स्तरमा काेराेना भाइरस संक्रमित देखिन थालेपछि उच्च सतर्कता अपनाउने उद्देश्यले दाेस्राे मुलुक बाट आउने नागरिकका लागि क्वारेन्टाइन सञ्चालन गरेको हाे । गाउँपालिका अध्यक्ष सन्तोष थापाका अनुसार विद्यालय बाट क्वारेन्टाइन त हटाइयाे हटाउनु पनि पर्याे किनभने विद्यालय सञ्चालन गर्ने कुरा आउन थालेपछि क्वारेन्टाइन हटाइएको हाे । तर दाेस्राे मुलुक बाट आउने नागरिकलाई सरकारले हाेमक्वारेनटानमा राख्ने भन्ने निर्देशन अनुसार हाेमक्वारेन्टाइनमा राखिएको थियो । थापाका अनुसार त्यो सम्भव देखिएन सबैको घरमा छुट्टाछुट्टै शाैचालय जस्ता आधारभुत आवश्यकता पूरा नहुने भए पछि पुनः पालिकाले क्वारेन्टाइन सञ्चालन गरेको हाे। अहिले गाउँ पालिकाले निर्माण गरेकाे र माथागढी ४ देउगिरमा रहेको सभाहलमा क्वारेन्टाइन राखिएको छ । सबै वडाका नागरिकलाई त्यहीँ क्वारेन्टाइन मा सम्भव भए सम्म राख्ने निर्णय पनि पालिकाले गरेको छ । भने सबै व्यवस्थापन गर्ने क्रममा विद्यालयकाे क्वारेन्टाइन हटाइएको भए पनि सामग्री हरु भने विद्यालयमा नै छन् सम्भव भए सम्म सबैलाई यहीँ क्वारेन्टाइनमा राख्ने र सम्भव नदेखिए पुन प्रत्येक वडाले आ आफ्ना नागरिकलाई वडाले जिम्मेवारी लिने र राख्ने निर्णय अनुसार अगाडि बढेको थापाले बताउनुभयो ।
गाउँ पालिका स्वास्थ संयाेजक केशव जि सि का अनुसार अहिले समुदाय स्तरमा काेराेना भाइरस फैलिने उच्च जाेखिमलाई हेर्दै पालिकाले हालमा आधारभूत आवश्यकता पूरा हुनेगरि ४० बेडकाे क्वारेन्टाइन सञ्चालनका लागि तयारी रहेको छ। अहिले क्वारेन्टाइन मा वडा नम्बर २ ,३ र ४ का भारतकाे पुने बाट आउनु भएका ८ जना हुनुहुन्छ उहाँ हरुकाे पि सि आर गरिएको छैन अब गर्ने भन्ने छ ,र सबैलाई क्वारेन्टाइन मा सुरक्षित राखिएको छ । भने पछिल्लो समयमा समुदाय स्तरमा स्वाब सङ्कलन गरि पि सि आर परिक्षण का लागि पठाइकाे १८३ जना मध्य मा हिजो १९ गते १३२ जनाकाे रिपोर्ट नेगेटिभ आएकाे छ जि सि का अनुसार रिपोर्ट आउने क्रम आज पनि जारी नै छ । हामीले समुदाय स्तरमा पनि आवश्यकता हेरिकन सम्पूर्णकाे पि सि आर परिक्षण का लागि किटकाे व्यवस्था गरिसकेको समेत जानकारी दिनुभएको छ ।





