Breaking News : बुहारीलाई जेठाजुले टाउकोमा बन्चरो प्रहार गरेपछी। पुरा विवरण

Breaking News : बुहारीलाई जेठाजुले टाउकोमा बन्चरो प्रहार गरेपछी। पुरा विवरण

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८ स्थित अधिकारी चोक माथिल्लो गाउँमा एकदमै अपत्यारिलो घटना घटेको छ। जेठाजु सुदर्शन अधिकारीले आफ्नै बुहारी रञ्जना तिमल्सिना अधिकारीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेका छन्। रञ्जना स्थानीय स्वास्थ्यचौकीको सहयोगी कर्मचारी हुन्। यस घटनाको हत्या आरोपित जेठाजु सुदर्शन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई आफ्नै बुहारीलाई किन बन्चरोले हानेर हत्या गरे भन्ने कुराको छानबीन भैरहेको छ। घटनाको पुष्टि गर्दै घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार बिक्रम थापाले बताएका छन् भने एक स्थानियका अनुसार राती सामान्य घर झगडा भएको र बिहान हत्या गरिएको खबर हामीलाई प्राप्त भएको छ। उक्त घरमा मृतक रञ्जनाको श्रीमान शंकर अधिकारी, ससुरा बिष्णु प्रसाद अधिकारी, सासु चित्र कुमारी अधिकारी बस्दै आएका थिए भने घटना बिहानको छ बजेको घटेको हो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय