बागलुङ्ग बाढी : बाढी पिडितलाई नेपाली कांग्रेशको राहत वितरण

बागलुङ्ग बाढी : बाढी पिडितलाई नेपाली कांग्रेशको राहत वितरण

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ्गको ढोरपाटन नगरपालिका–९ बोबाङमा बुधबार राति गएको बाढी र पहिरोका कारण त्यहाका स्थानियहरु घरको न घाटको अवस्थामा पुगेका छन् । स्थानिय सरकारले पिडितलाई राहात र उद्धारमा चासो नदिएको भन्दै स्थानियको विरोध भइरहेको अवस्थामा नेपाली काँग्रेसले भने सहयोग गरेको छ । काठमाडौबाट प्रभुको हेलीमार्फत घटना स्थलमा पुगी नेपाली काँग्रेसका नेता क्षेत्रीय सभापती दोर्णकुमार कुवँर, महाधिवेशन प्रतिनिधी जित शेचरन, अर्जुन शेरचन र तरुण दल जिल्ला कोषाध्यक्ष देवेन्द्र पौडेलको टोलीले पीडितलाई दुखको घडीमा शोकलाई शक्तिमा बद्ल्न आग्रह गरे भने मृतक प्रति शोक व्यक्त गर्दे घाईतेलाई शिघ्र स्वास्थ्य लाभको कामना सहित पीडित परिवारलाई केहि मात्रामा राहात पनि दिए ।

आफुहरुले जनताको पिडा बुझ्ने भएकाले यस्तो आपतकालीन आवस्थामा पिडितको उद्धार गर्ने उदेश्यले तत्काल घटना स्थलमा आएको नेपाली काँग्रेसका नेता दोर्णकुमार कुवँरले बताए । त्यसैगरी बाढीले वगाएर वेपत्ता भएका नागरीकको खोजी कार्य प्रभाबकारी बनाउन सम्बन्धित निकायलाई आफुहरुले आग्रह गरेको समेत जानकारी गरा। राहत वितरण कार्यक्रममा नेपाली कांग्रेशका नेता टेकराज पौडेलको समेत उपस्थिति थियो।

काठमान्डौ बाट आएको नेताको टोलीले पिडितहरुलाई तत्कालिन परिपूर्तिको लागि ४० थान त्रिपाल, एक-एक बोरा चामल, दुई केजी दाल, एक प्याकेट तेल, नुन उपलब्ध गराउनुका साथै प्रति परिवार एक-एक हजार रुपैयाँ नगद समेत उपलब्ध गराउने गरी वडा नं.८ का अध्यक्ष नन्दे सुनार र वडा नं.९ का अध्यक्ष हरिबहादुर घर्तिलाई नगद रकम हस्तान्तरण गरेका हुन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय