बडिगाड गाउँपालिकाले लिन पठाएकाे गाडीमा आएनन् वडाध्यक्ष क्षत्री र गुरुङ

बडिगाड गाउँपालिकाले लिन पठाएकाे गाडीमा आएनन् वडाध्यक्ष क्षत्री र गुरुङ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काेराेना संक्रमणबाट मुक्त भएका बडिगाड गाउँपालिकाका दुई वडा अध्यक्षले पालिकाले लिन पठाएकाे पिकअप अस्वीकार गरेका छन् । साेमबार काेराेना रिपोर्ट नेगेटिभ आएका बडिगाड -७ का वडाध्यक्ष कृष्ण गुरुङ र वडा नम्बर ६ का वडाध्यक्ष माैसमकाजी क्षेत्रीले पालिकाबाट लिन गएकाे पिकअप मंगलबार अस्विकार गरेका हुन् । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाका अनुसार उनीहरुलाई लिन एम्बुलेन्स पठाउने तयारी भएपनि एम्बुलेन्समा नआउने भनेपछि पिकअप पठाएको र पिकअपमा पनि आउन नमानेपछि खर्बाङबाट पिकअप फर्किएको छ ।

`दुई अध्यक्षलाई लिन एम्बुलेन्स पठाउने तयारी थियाे, हामी एम्बुलेन्समा आउँदैनाैं भनेपछि उहाँहरुलाई लिन पालिकाले प्रयाेग गर्दै आएकाे पिकअप पठाएका थियौँ, गाउँपालिका अध्यक्ष पाइजाले भने, `हामी पिकअपमा पनि आउदैनाैं हामीले गाडी व्यवस्था गरिसक्यो भनेपछि खर्बाङबाट पिकअप फर्किएको छ ।´

काेराेना संक्रमणभएपछि दुई अध्यक्ष धाैलागिरि अञ्चल अस्पतालकाे आइसुलेसनमा रहेका थिए । यता,वडाध्यक्षद्वय गुरुङ र क्षत्रीले गाउँपालिका अध्यक्षले आफुहरुलाई गरेको विभेद चित्त नबुझेको गुनासो गरेका छन् ।‘हामीलाई विभेद भयो, उहाँहरुले गाडी पठाउन आनाकानी गर्नु भयो’ अध्यक्ष गुरुङले भने –‘यसको विषयमा हामी पालिकामा पुगेपछि छलफल गर्नेछौँ ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय