सागर भण्डारी,गुल्मी । मुसिकोट नगरपालिकामा शनिवार कोरोना सक्रंमण पुष्टी भएकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएकाहरुको पीसीआर परिक्षणका लागि स्वाव सकंलन गरिएको छ । शनिवार नगरपालिकामा क्वारेन्टाईनमा रहेका ४ जना सहित समुदाय स्तरमा वडा नं ६ कुर्घा स्थित कुर्घा स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना सक्रंमण पुष्टी भएको थियो ।
त्यसलगत्तै नगरपालिकाले कन्ट्याक टे«सिङको आधारमा उनको सम्पर्कमा आएका वडा नं ६ भित्रका व्यापारी, स्वास्थ्य चौकीबाट सेवा लिएका सेवाग्राही, भुवाचिदी बजारका स्थानीय गरी ६० जनाको स्वाव सकंलन गरी परिक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाइएको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो ।
सक्रंमित ५ जनालाई नै अहिले आईसुलेसनमा राखिएको उहाँले बताउनुभयो । उक्त स्वास्थ्यचौकीमा कार्यरत अन्य स्वास्थ्यकर्मीहरु पनि प्रत्यक्ष सम्पर्कमा आएकाले उनीहरुलाई पनि पीसीआर रिपोर्ट नआउन्जेल क्वारेन्टाईनमै राखिएको उहाँले बताउनुभयो । स्वाव सोमबार परिक्षणका लागि पठाउने र एक हप्ता भित्रमा रिपोर्ट आउने नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीमा कोरोना सक्रंमण देखिएपछि अहिले वडा नं ६ कुर्घा र कुर्घा स्वास्थ्यचौकीलाई सील गरिएको छ ।




