प्रेम सुनार,गुल्मी । गुल्मीको बडिगाड खोलामा न’ग्न अवस्थामा एक बेवारिसे महिलाको श’व फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ८ स्थित बाघ खोला भन्ने स्थानमा बडिगाड खोलाको बिच बगरमा बिचमा अन्दाजी ४० बर्षिय महिलाको न’ग्न अवस्थामा अहिले बिहान श’व फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी केदार राज पन्थका अनुसार कलेजी रङ्ग्को ढाकाको कुर्ता लगाए कि तर सुरुवाल छैन । बायाँ हातमा घडी , दायाँ हातमा चुरा लगाएकी ती महिला मङ्गोलियन चेहराकि रहेको डिएसपी पन्थले बताउनुभयो । जिल्ला समन्वय समितिका सदस्य तथा स्थानिवासी चेतन बस्नेतले अहिले सम्म पहिचान गर्न नसकिएको बताउनुभयो । श’व फेला परेको स्थान साविक तुराङ्ग गाबिस हो ।




