कालीगण्डकीमा बेवारिसे शव फेला !

कालीगण्डकीमा बेवारिसे शव फेला !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । कालीगण्डकी नदीमा एउटा बेवारिसे शव फेला परेको छ । बागलुङ नगरपालिका वडा नम्बर-४ ढोडेनी स्थित कालीगण्डकी किनारमा बिहिबार दिउसो बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिनुभयो ।

स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै प्रहरीले शव नदी किनारबाट बाहिर निकालेको छ । शव पुरानो जस्तो देखिएको प्रहरी निरिक्षक रिजालको भनाई छ । शवको कसको र कहाँबाट बगाएर ल्याएको एकिन नभएको प्रहरीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय