मुसिकोटमा ढुंगाले लागेर ४ जना घाइते : २ को अवस्था गम्भिर !

मुसिकोटमा ढुंगाले लागेर ४ जना घाइते : २ को अवस्था गम्भिर !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । अबिरल वर्षासँगै गुल्मीमा घर माथीबाट खसेको ढुंगाले लागेर ४ जना घाइते भएका छन् । मंगलवार साँझ जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–५ तल्लाफाटा भन्ने स्थानमा हरि खरेलको घरमाथीबाट खसेको ढुंगाले लागेर भाडामा बस्दै आएका ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

ढुंगाले लागेर घाइते हुनेहरुमा ५९ वर्षकी पार्वती सुनार, ६५ वर्षिय मानबहादुर सुनार, ३० वर्षकी पुतली सुनार, ४० वर्षका बिष्णु सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक ९एसपी० राजेन्द्रसिंह खड्काले जानकारी दिए । घाइते मध्ये २ जनाको अबस्था गम्भीर रहेकाले थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।सोहि स्थानमा ३ जनाको परिवार बिस्थापित भएका छन् ।

वर्षातसँगै ढुंगा खस्ने र पहिरो समेत जानसक्ने भएकाले छबि खरेल, मोटु कुमाल र मनबहादुर सुनारको परिवार बिस्थापित भएका छन् । बिस्थापितलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय