बुर्तिबाङको आइसोलेशनबाट बडिगाडका ५ सहित ८ जना कोरोना जितर घर फर्किए !

बुर्तिबाङको आइसोलेशनबाट बडिगाडका ५ सहित ८ जना कोरोना जितर घर फर्किए !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

छविलाल पाण्डे,बाग्लुङ । कोरोना सक्रंमण कारण ढोरपाटन नगरपालिका स्थित आइसोलेशनमा उपचारत ८ जना निको भएर आज घर फर्किएका छन् । क्वारेन्टाईनमा बस्दै गर्दा गरिएको पिसीआर परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई चारवटा पालिकाले बनाएको बुर्तिबाङ स्थित निसीभुजी जनता क्याम्पसको आइसोलेनमा राखिएको थियो ।

उपचार पछि कोरोना जितेर ८ जना घर फर्किएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताउनुभयो । उनिहरु मध्ये ढोरपाटन नगरपालिकाका १ जना वडिगाड गाउँपालिकाका ५ र निसीखोला गाउँपालिकाका २ जना गरी ८ जना २ महिला र ६ पुरुष निको भएर घर फर्किएका छन् । त्यसैगरी अब १ महिला ३ जना पुरुष आइसोलेशनमा रहेको डा. मल्लले बताउनु भयो । पछिल्लो समय पश्चिम बागलुङमा भारतबाट आउनेको संख्या कम हुँदै जाँदा सक्रंमितको संख्यामा पनि कमी आएको छ । क्वारेन्टाईनमा बस्नेहरुको समेत संख्या कम हुँदै गएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय