ढोरपाटन नगरपालिकाका इन्जिनियर १ लाख घुससहित प`क्राउ !

ढोरपाटन नगरपालिकाका इन्जिनियर १ लाख घुससहित प`क्राउ !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ। बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जिनियर मिलन अधिकारी एक लाख घुससहित प*क्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रंगेहात प*क्राउ गरेको हो । ढोरपाटन नगरपालिकाको एक बिकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा उनलाई प*क्राउ परेको अख्तियार पोखरा कार्यालयका प्रबक्ता मेघनाथ रिजालले बताए ।

अधिकारी लामो समयदेखि पोखरामा बस्दै आएका थिए । घुस रकम लिएर सेवाग्राहीलाई अधिकारीले असार मसान्तको बहानामा पोखरा बोलाएको आयोगले जानकारी दिएको छ । आँफुले गरेका काममा तलदेखि माथिसम्म सबैको चित्त बुझाउनुपर्ने भन्दै उनले एक लाख रुपैयाँ घुस मागेका थिए । सुराकीको आधारमा जिरो किलोमिटर पुगेको अख्तियारको टोलीले उनलाई रंगेहात प*क्राउ गरेको रिजालले बताए ।

ढोरपाटन न्यूजले यो समाचार लेखेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय