शान्ती सुरक्षा र सुशासन कायम गर्न नसकेको भन्दै बागलुङका प्रजिअ गृह मन्त्रालय सरुवा !

शान्ती सुरक्षा र सुशासन कायम गर्न नसकेको भन्दै बागलुङका प्रजिअ गृह मन्त्रालय सरुवा !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

राम प्रसाद घिमिरे ,बागलुङ । बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु गृह मन्त्रालय सरुवा भएका छन्। बागलुङको शान्ती सुरक्षा र सुशासन कायम गर्न नसकेको भन्दै चौतर्फि वि`रोध भएपछि सैजु गृहमा तानिएका हुन् ।

कोरोना महामारीको समयमा जिल्लाको तथ्यांकको बारेमा अपडेट नभएको, कोरोना र वाढी पहिरोको घटनामा संम्वेदनशील नभएको भन्दै पत्रकार, नागरिक समाज र राजनीतिक दलले औपचारिक कार्यक्रममै शैजुको विरोध जनाउने गरेका थिए। कोरोना संक्रमित संख्या, निको भएकाको संख्या, विदेशबाट फर्किएका नागरिकहरुको संख्याको बारेमा कुनै जानकारी नराख्ने, पत्रकारहरुको प्रश्नबाट भाग्न खोजेको लगायतको गुनासो बढेपछि प्रजिअ सैजुलाई गृह-मन्त्रालय तानिएको हो।

सत्यतथ्य सूचना नागरिकलाई दिनुपर्ने बेला जिल्लाको कमाण्ड गरिरहेका प्रजिअले कुनै पनि जानकारी दिन नसकेको प्रति नागरिकले असन्तुष्टी जनाएका थिए। कोरोनाको समयमा बाहिरी जिल्लामा जानका लागी आवश्यक पास वितरणमा समेत आफूखुसी गर्दा विरामी लगायतका अत्यावश्यक कामले बाहिर जानुपर्ने नागरिकले सास्ती खेप्न बाध्य भएका थिए। २०७६ माघ महिनामा बागलुङ आएका प्रजिअ सैजु ५ महिनाको छोटो बसाइमा जिल्लामा राम्रो काम गर्न नसकेपछि काठमाडौ तानिएका हुन्। प्रमुख जिल्ला अधिकारी सैजुलाई गृह तानिएको र नयाँ प्रजिअको रुपमा गृहबाट सुरेश न्यौपाने आउने भएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय