गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मदाने गाउँपालिका वडा नं २ बाँझकटेरी सिम्लेपाटाकी ६७ बर्षिय कुवारी सार्की रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो । गोठमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको पन्थले बताउनुभयो । उहाँको शबलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।




