दोभानमा पहिरो खसेपछि बुटबल – पाल्पा सडकखण्ड अवरुद्ध !

दोभानमा पहिरो खसेपछि बुटबल – पाल्पा सडकखण्ड अवरुद्ध !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल- तानसेन सडक खण्ड सोमबार साँझदेखि अवरूद्ध भएको छ। सोमबार साँझ ५ बजेतिर उक्त सडकखण्डको पाल्पाको तिनाउ गाउँपालिका दोभानमा पहिरो खसेको थियो। पहिरो सँगै माथिबाट ठुलो ढुङ्गा समेत सडकमा खसेकोले उक्त पहिरो हटाउन नसकिएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

दोभान प्रहरी चौकी नजिकै खसेको उक्त ढुङगा हटाउन ब्रेकरले ढुङ्गा काट्नुपर्ने भएपनी ब्रेकर अहिलेसम्म गएको छैन। ट्राफिक प्रहरीका अनुसार ब्रेकरले ढुङ्गा काटेर पहिरो हटाउन सोमबार साँझ नै डिभिजन सडक कार्यालय बुटवललाई भने पनि सोमबार रात परिसकेको भन्दै नगएको बुझिएको छ। रातिदेखि अहिलेसम्म निरन्तर पानी परिरहेकोले पनि पहिरो हटाउन समस्या भएको छ। पानी परिरहेकोले डिभिजन सडक कार्यालयले मेसिन पठाउन नसकेको प्रहरीले जनाएको छ। पहिरोको कारण सडक अवरुद्ध भएपछि उक्त सडकखण्डमा गुड्ने सवारी साधन बाटोमै अलपत्र परेका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय