पहिरोमा बेपत्ता मुसिकोटका घिमिरेको आशा मार्दै परिवारले थाले का`जकिरिया !

पहिरोमा बेपत्ता मुसिकोटका घिमिरेको आशा मार्दै परिवारले थाले का`जकिरिया !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गत असार १८ गते अविरल वर्षासँगै आएको बाढी र पहिरोले गुल्मीका दुई स्थानीय तहमा ठुलो क्षति पुयाएको छ । जिल्लाको मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाले ठुलो मात्रामा क्षति व्यहोर्नु परेको छ । इस्मा गाउँपालिकामा दुई बालबालिकाले ज्यान गुमाए भने पाँच जना घाइते भएका थिए ।

त्यस्तै मुसिकोट नगरपालिकामा पनि पहिरो र बाढिका कारण ठुलो नोक्सानी भएको छ । दर्जनौँ घर विस्थापित बनेका छन् भने कयौँ घर पहिरोको जोखिममा रहेका छन् । गत असार १८ गते बाढी तथा पहिरोमा बेपत्ता भएका वडा नम्बर २ का ५५ वर्षिय भागिरथ घिमिरेलाई परिवारले आफैै मृ`त घोषणा गरि का*जकिरिया सुरु गरेका छन् । घिमिरेको मृत शरीरको प्रतिक बनाएर सोहीमा का*जकिरीया सुरु गरेको मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभएको छ ।

दुई दिनसम्म डोजर प्रयोग गरि सुरक्षाकर्मीले खोजिकार्य गर्दा पनि शव नभेटिएपछि पारिवारले माया मारेको जनप्रतिनिधिको बुझाई छ । यद्यपि खोजी कार्य जारी राखिएको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बताउनुभयो । बाढी र पहिरो एकै पटक जादा बाढीले बगायो कि पहिरोमा पुरिए भन्ने विषयमै दोधार रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

सल्लेरी खबरमा डिबी खड्काले यो समाचार लेख्नुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय