बागलुङ र पर्वतका दुईसहित गण्डकीमा १३ जना संक्रमित थपिए !

बागलुङ र पर्वतका दुईसहित गण्डकीमा १३ जना संक्रमित थपिए !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । बागलुङ र पर्वत जिल्लाका एक/एक जना गरी गण्डकी प्रदेशमा थप १३ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना पुष्टि भएका बागलुङका २५ वर्षिय पुरुष गलकोट नगरपालिकाका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, शुक्रबार बिहान प्रदेशका पाँच जिल्लामा १३ संक्रमित थपिएका हुन् । शुक्रबार सबैभन्दा धेरै तनहुँमा आठ जना, नवलपरासी पूर्वमा २ जना र पर्वत, बागलुङ र गोरखामा एक एक जना थपिएका हुन्। यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार १ सय ६२ पुगेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय