मुसिकोटका २ जना सहित गुल्मीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि !

मुसिकोटका २ जना सहित गुल्मीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी : जिल्लामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या तीन सय ४४ पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कालीगण्डकी गाउँपालिका वडा नं ४ का एक जना पुरुष , मुसिकोट नगरपालिकाका एक जना महिला र एक जना पुरुष गरी तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो ।

तीन सय ४५ जना संक्रमित मध्ये दूई सय ६५ जना निको भएर घर फर्किएका छन भने बाँकी ७९ जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको छ । हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको ज्यान गइसकेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय