बागलुङका ७ युवाले जिते कोरोना अस्पतालबाट डिस्चार्ज !

बागलुङका ७ युवाले जिते कोरोना अस्पतालबाट डिस्चार्ज !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ – धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा रहेका ७ जना युवाहरु बुधवार डिस्चार्ज भएका छन् । कोरोना भाइरस संक्रमण भएर दुइ साताअघि अस्पताल पठाइएका उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइन पठाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।

डिस्चार्ज हुनेमा काठेखोला गाउँपालिका वडा नं. ४ का २९ र २६ बर्षका युवा, वडा नं. ६ का २३ र २० बर्षका युवा र ७ का ५० र २६ बर्षका व्यक्ति रहेका छन् । डिस्चार्ज हुनेमध्ये ४ जना क्वारेन्टाइनमा बसेका हुन् भने ३ जना क्वारेन्टाइन बाहिरै संक्रमणमा परेको काठेखोला गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले बताए । उनीहरु डिस्चार्ज भएपछि काठेखोलामा क्वारेन्टाइन भन्दा बाहिर संक्रमण भएका कोहीपनि बाँकी छैनन् । काठेखोला ५ को अमरमाबि क्वारेन्टाइनमा काम गर्ने मानिसमा पनि संक्रमण देखिएपछि स्थानीयमा त्रास फैलिएको थियो । उनीहरु निको भएको र कन्ट्रयाक ट्रेसिङमा परेकाहरुमा संक्रमण नदेखिएको बताइएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय