कोरोना जितेर घर फर्किएका युवाले आ`त्मह`त्या गरे !

कोरोना जितेर घर फर्किएका युवाले आ`त्मह`त्या गरे !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पाल्पा – कोरोना जितेर घर फर्किएका पाल्पाका एक युवाले आ`त्मह*त्या गरेका छन् । रम्भा गाउँपालिका–४ हुमिनका २० वर्षीय एक युवाले कोरोना जितेर घर फर्किएकै दिन सोमबार बेलुकी आ*त्मह*त्या गरेको वडाध्यक्ष भोजबहादुर बिकले जानकारी दिनुभयो ।

एक महिना अगाडि भारतको मुम्बईबाट घर फर्किएर घर नजिकैको जनहित भगवती माविको क्वारेन्टाईनमा बसेको अवस्थामा ती युवामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । कोरोना सङ्क्रमणपछि तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा राखिएको थियो । कोरोना निको भएर घर फर्किएकै दिन उनले घरकै दलानमा झु`ण्डिएर आ*त्मह*त्या गरेका हुन् ।

मृ*तकका बुवा तराईमा बस्दै आउनुभएको छ । आमा बे`पत्ता भएको वर्षौं भैसकेको छ । पाल्पामा कोरोना सङ्क्रमितको सङ्ख्या ५४० पुगेको छ । सङ्क्रमितमध्ये ४७ जना उपचारपछि निको भएर घर फर्किएका स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय