गुल्मीमा पनि आयो सलह !

गुल्मीमा पनि आयो सलह !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी : रुपन्देही हुँदै पाल्पासम्म आएको सलह कीरा गुल्मीमा पनि देखिएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं १ देखि वडा नं २ अर्बेनी तर्फ प्रबेश गरेको र चन्द्रकोट गाउँपालिकाको वडा नं ४,६ ,७, ८ नं वडाको माथि आकाशमा सलह कीरा देखिएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

अहिले माथि आकाशमा देखिएको र कहिँ कतै खेतीबाली र बोटबिरुवामा नबसेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए । सलह कीरालाई बोटबिरुवा र बालीहरुमा बस्न नदिनका लागि थालहरु ठटाउने र धुवाबाल्ने जस्ता कार्यहरु गर्न घिमिरेले आग्रह गरे । उनले सलह कीराको बथानै नभई केही झुण्ड तितर बितर भएकाले माहामारीको रुप लिन नसक्ने बताए । गुल्मीका कृषकहरु खेतबारीमा लगाएको खेती नष्ट गरिदिने हो की भन्ने चिन्तामा रहेका छन ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय