बाग्लुङको निशिखोला जंगलमा बेवारिसे नवजात शिशु फेला !

बाग्लुङको निशिखोला जंगलमा बेवारिसे नवजात शिशु फेला !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । बाग्लुङको निसीखोलामा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका छन् । निसीखोला गाउँपालिका वडा नम्बर-१ को हुल्दी जंगलमा स्थानीय मनिसरा विकले बेवारिसे अवस्थामा नवजात शिशु फेला पारेकी हुन् ।

उनले प्रहरीलाई खबर गरेपछि बालकको उद्धार गरि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङमा प्रमुख प्रहरी निरिक्षक प्रकाशसिंह भडारीले जानकारी दिनुभयो । शिशु करिब १/२ दिनको हुन सक्ने आशंका गरिएको छ । शिशु कसको र किन जंगलमा राखिएको विषयमा अ*नुसन्धान भइरहेको प्रहरी निरिक्षक भण्डारीको भनाई छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय