गुल्मीमा थप २१ जनामा कोरोना सक्रंमण पुष्टी

गुल्मीमा थप २१ जनामा कोरोना सक्रंमण पुष्टी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा जिल्लाको धुर्कोट गाउँपालिकामा ९ जना, छत्रकोट गाउँपालिकामा ८ जना, रेसुङ्गा नगरपालिकामा १ जना र ३ जना ठेगाना नखुलेका गरि २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताउनुभयो ।

थपिएका संक्रमित अनुसार जिल्लामा २७८ जना पुगेका छन् । संक्रमित कुल ३२ जना कोरोना मुक्त भएर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १ हजार ४ सय ९६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५७२ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय