मुसिकोटको एक बिद्यालय भवन निर्माणमा मिलेमतो : मापदण्ड विपरीत ठेक्कामा !

मुसिकोटको एक बिद्यालय भवन निर्माणमा मिलेमतो : मापदण्ड विपरीत ठेक्कामा !

साहसी खबर
4 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

तिलाचन पाण्डे,गुल्मी । राष्ट्रिय पुन निर्माण प्राधिकरणद्धारा निर्माण हुने गुल्मीका अधिकांश बिद्यालय भबनहरु मापदण्ड बिपरीत ठेक्कामा भएको खुलेको छ । पछिल्लो समयमा राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वय इकाई (शिक्षा) अन्र्तगतबाट निर्माण हुने भबनहरुमा यस्तो पाइएको हो ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नं ५ को दुर्गाभबन माध्यमिक विद्यालयले ६८ लाख ५० हजारमा निर्माण हुने ४ कोठे आरसिसी भबन निर्माणका लागि कुनै प्रक्रियानै पुरा नगरी सिधै निर्माण व्यवसायीलाई काम गर्ने जिम्मा दिएको पाइएको छ । आर्थिक बर्ष २०७५।०७६ अन्र्तगत निर्माण हुने भबनमा बिद्यालयले कुनै मापदण्ड पुरा नगरी सिधै नन स्टप कन्ट्रक्सन काठमाणडौका निर्माण ब्यबसायी लबमणी खरेललाई भबन निर्माण गर्ने जिम्मा दिएको खुलेको छ ।

सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ अन्र्तगत ५ लाख रुपैयाँसम्म तीनवटा कोटेशनको आधारमा खरिद बिक्री गर्न सक्ने प्रावधान छ । ५ लाख देखि २० लाख सम्म शिलबन्दी दरभाउँपत्रको आधारमा गर्न सक्ने व्यवस्था छ । २० लाख भन्दा माथिको निर्माण वा सामान खरिद गर्दा अनिवार्य रुपमा बोलपत्र गर्नुपर्ने र बिधुतीय माध्यमबाट बोलपत्र आहन गर्नुपर्ने प्राबधान रहेको छ । तर यी प्रक्रिया पुरा नगरी सिधै विना बोलपत्र निर्माण ब्यबसायीलाई निर्माणको जिम्मा दिएको छ ।

विद्यालयका प्रधानाध्यपक गोकर्णराज खरेल, भबन निर्माण समिति संयोजक तुल्सीराम खरेलको मिलीमतोमा २०७६ भदौ २१ गते सिधै निर्माण ब्यबसायीलाई भबन निर्माण गर्ने कामको जिम्मा दिइएको छ । निर्माण ब्यबसायीले भवन निर्माणको सबै फरफारक गर्नुपर्ने र पुरानो भवनको केही निर्माण साम्रगी निर्माण ब्यबसायीले प्रयोग गरेबापत रु ५ लाख बिधालयको खातामा जम्मा गरिदिनुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

यो त जिल्लामा बाहिर आएको एउटा उदाहरण पात्र मात्रै हो । जिल्लामा पुन निर्माण प्राधिकरणबाट बनेका र बन्न लागेका अधिकाशं बिद्यालयका भबनहरु सार्बजनिक खरिद ऐन र नियमावलीलाई मिचि सिधै मिलीमतोमा निर्माण ब्यबसायीमार्फत कामहरु भइराखेको कार्यलयका एक कर्मचारीले नाम नबताउने शर्तमा जानकारी दिए ।

त्यती मात्रै नभई बिद्यालय भवनको ढलालनका दिन साइड इन्चार्ज साइडमा गएका बेला खाने बस्नेको ब्यबस्था पनि नगरेकाले राती १२ बजे तम्घास आउनुपरेको समेत उदाहरणहरु प्रसस्तै मात्रामा रहेका छन् । आर्थिक बर्ष २०७५।०७६को पहिलो चरणमा जिल्लामा पुन निर्माण प्राधिकरण मार्फत २१ वटा ४ कोठे , १७ वटा २ कोठे र ५ वटा ३ कोठे भबनहरु केही निर्माण सम्पन्न भएका र केही सम्पन्नको प्रक्रियामा रहेका छन् ।

यस्तै दोस्रो चरणमा १८ वटा ४ कोठे ,५ वटा ३ कोठे , २० वटा २ कोठे भवन र ३४ वटा शौचालयहरु निर्माणको चरणमा रहेका छन् । यी मध्ये पनि अधिकाशं बिद्यालयका भबनहरु बिद्यालयका प्रधानाध्यपक ,बिधालय ब्यबस्थापन समितिका पदाधिकारी लगायत निर्माण ब्यबसायीहरुको मिलिमतोमा नियम बिपरीत भबनहरु निर्माण भइरहेका छन् । यता राष्ट्रिय पुन निर्मााण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई (शिक्षा)गुल्मीका कार्यलय प्रमुख पीताम्बर पन्थीले भवन निर्माण ठेक्कामा दिएको कार्यलयलाई थाहा नभएको बताउनुभयो । कार्यलयसंग बिद्यालय ब्यबस्थापन समिति र प्रधानाध्यपकले सम्झौता गरेको भन्दै बिद्यालयको खातामानै रकम पठाइने हुँदा यस बारेमा आफूहरुलाई थाहा नभएको उहाँले दाबी गर्नुभयो ।

यदि कुनै बिद्यालयका भबनहरु निर्माणमा ठेक्का भएका रहेछन् भने आफूले छानविन गर्ने उहाँले बताउनुभयो । राष्ट्रिय पुन निर्माण प्राधिकरणका प्रबक्ता गोपालप्रसाद अर्यालले नियम बिपरीत कार्य गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो । बिद्यालय ब्यबस्थापन समितिले निर्माण गर्ने भनी सम्झौता गरे अनुसार, बिद्यालय ब्यबस्थापन समितिले नै भबन निर्माण गर्नुपर्ने भएकाले यदि कसैले ठेक्कामा भबन निर्माण गरेको भए कानुन अनुसारको कारवाही गरेरै छाड्ने उहाँले दाबी गर्नुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय