अब धौलागिरी अस्पताल बागलुङमै कोरोना जाँच हुने !

अब धौलागिरी अस्पताल बागलुङमै कोरोना जाँच हुने !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : धौलागिरी अस्पताल बागलुङमा कोरोनाको परीक्षणका लागि पिसिआर ल्याव सञ्चालनमा आउने भएको छ । महामारी बढ्दै गएपछि नेपाल सरकारले धौलागिरी अस्पतालसहित देशका सातै प्रदेशका २३ स्थानमा अतिरिक्त ल्याव सञ्चालनमा ल्याउन लागेको हो ।

गत असार १० गते बसेको स्वास्थ्य मन्त्रीसहितको मन्त्रालयको बैठकले तत्कालै दश स्थानमा ल्याव सञ्चालन गर्ने निर्णय गरेको छ । तत्काल पिसिआर जाँच गर्ने ल्याव सञ्चालनमा आउने अस्पतालहरुको सूचीमा धौलागिरी अस्पताल परेको छ । प्राबिधिक जनशक्ति, उपकरणलगायतको व्यवस्थापनका लागि प्रकृया अघि बढेको मन्त्रालयले जनाएको छ । आज बसेको सचिव स्तरीय बैठकले उक्त निर्णय कार्यान्वयनका लागि प्रक्रिया थाल्ने निर्णय गरेकाले छिट्टै ल्याव सञ्चालनमा आउने छ ।

कहिलेदेखि संचालनमा आउँछ भन्ने समय तोकिएको छैन । अस्पतालमा पिसिआर ल्यावका लागि स्थानीय बागलुङ नगरपालिकाले आगामि आर्थिक बर्षका लागि २५ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय