गुल्मीमा थपिए १५ कोरोना संक्रमित !

गुल्मीमा थपिए १५ कोरोना संक्रमित !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीमा शनिबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिनुभयो ।

यो संगै जिल्लामा संक्रमितको संख्या एक सय ६९ पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ । शनिबार सक्रंमण पुष्टि हुनेमा रेसुंगा नगरपालिकाका १४ जना र छत्रकोट गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । उनीहरुको उमेर समूह ५ बर्ष देखि ६९ बर्षसम्मको रहेकोे आर्चायले जानकारी दिनुभयो । संक्रमण देखिएका सबै भारतबाट आएको स्वास्थ्य कार्यलयले जनाएको छ । जिल्लामा कोरोना संक्रमणका कारण ३ जनाको निधन भएको छ भने ४ जना उपचार पछि निको भएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय