पहिरोले मुसिकोट १ मा ३ घर जोखिममा : खानेपानी अवरुद्ध !

पहिरोले मुसिकोट १ मा ३ घर जोखिममा : खानेपानी अवरुद्ध !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी,गुल्मी । गएराति देखि परेको अविरल वर्षासगैं गएको पहिरोले मुसिकोट नगरपालिका वडा नं १ मा ३ वटा घर जोखिममा परेका छन् । वडा नं १ पौँदीअमराई स्थित दुर्गा बहादुर थापाको घरको आगनबाटै पहिरो गएपछि उहाँको घर उच्च जोखिममा परेको छ । त्यस्तै सोही ठाउँकै दिपक राना र बुद्ध थापाको घर पनि पहिरोको जोखिममा परेका छन् ।

हिजोदेखिको अविरल वर्षाका कारण मुसिकोट नगरपालिकाको वडा नं १ का विभिन्न स्थानमा पँहिरो जादा ३ घरहरु उच्च जोखिममा रहेको र खानेपानीको पाईप पहिरोले बगाउँदा खानेपानी समेत अवरुद्ध भएको त्यहाँबाट मोहन घिमिरेले बडिगाड अनलाइनलाई जानकारी दिनुभयो । उनीहरु अहिले त्यही घरमै बसिहरेको र वर्षा नरोकिएका कारण जोखिम झनै बढेको भन्दै सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

यसैबीच लगातारको वर्षा सगैं मुसिकोट नगरपालिका वडा नं १ छत्रभुमी मन्दिर नजिकै गएको पहिरोका कारण पौँदी अमराई, थामडाँडा, नेटा दर्लिङ मोटरबाटो समेत अवरुद्ध बनेको छ । त्यस्तै वडा नं १ को थाम आरुचौर सडक समेत विगत एकहप्तादेखि अवरुद्ध बनेको बताईएको छ । सडकका विभिन्न ठाउँमा पहिरो जाँदा पैदल यात्रीलाई समेत आवतजावतमा समस्या भएको घिमिरेले बताउनुभयो ।

अबिरल वर्षाका कारण बडिगाड खोलामा पानीको वहाप बढेको छ भने बाढि आएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय