गुल्मीमा आज मात्रै ४८ जनामा कोरोना संक्रमण पुष्टि !

गुल्मीमा आज मात्रै ४८ जनामा कोरोना संक्रमण पुष्टि !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीमा शुक्रबार थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिनुभयो ।

यो संगै जिल्लामा संक्रमितको संख्या १ सय ५४ पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ । शुक्रबार सक्रंमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका २० जना , गुल्मीदरवार गाउँपालिकाका १४ जना , इश्मा गाउँपालिकाका १२ जना , र मालिका गाउँपालिकाका २ जना रहेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।

उनीहरु १६ देखि ५९ उमेर समुहका रहेको र अन्य पहिचान गर्ने कार्य भइरहेको आर्चायले जानकारी दिनुभयो । संक्रमण देखिएका सबै भारतबाट आएको स्वास्थ्य कार्यलयले जनाएको छ । जिल्लामा कोरोना संक्रमणका कारण २ जनाको निधन भएको छ भने ४ जना उपचार पछि निको भएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय