बाग्लुङमा थप एक जनामा कोरोना पुष्टि !

बाग्लुङमा थप एक जनामा कोरोना पुष्टि !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बाग्लुङ । बागलुङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको ताराखोला गाउँपालिकाका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दु शर्माले प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभयो ।

योसँगै बागलुङमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । त्यसैगरी गोरखामा १० जना, स्याङ्जामा ४ जना, नवलपुरमा २ जना र कास्कीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय २३ पुगेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय