तिलाचन पाण्डे ,गुल्मी : गुल्मीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या १७ पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म जिल्लाको रुरुक्षेत्र गाउँपालिकाका वडा नं ५ का २८ र ३५ बर्षका पूरुषहरु , रेसुंगा नगरपालिकाका २८ र ३२ बर्षिय पूरुष , छत्रकोट गाउँपालिकाका ३८ बर्षका पूरुष , धुर्कोट गाउँपालिकाकी २० बर्षकी महिला , सत्यवती गाउँपालिकाका ४ जना पूरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए ।
सत्यवती गाउँपालिकामा पुष्टि भएका ४ जना पूरुषको पहिचान गर्ने काम भइरहेको आर्चायले जानकारी दिए । भर्खरै प्रादेशिक प्रयोगशाला रुपन्देहीबाट इमेल प्राप्त भएकाले उमेर समूह नखुलेको र पहिचान गर्ने कार्य जारी रहेको उनले दाबी गरे । सत्यबतीका ४ जना बाहेक अन्य ६ जनाको शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । यस भन्दा पहिले रेसुंगा नगरपालिकाका १ जना , धुर्कोट गाउँपालिकाका २ जना मदाने गाउँपालिकाका २ जना , चन्द्रकोट गाउँपालिकाका १ जना , रुरु गाउँपालिकाका १ जना पूरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
२ जनाको संक्रमणका कारण मृत्यु
गुल्मी जिल्लामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिकाका वडा नं ६ पुर्कोटदहका ४१ बर्षिय शिक्षकको रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारको क्रममा र धुर्कोट गाउँपालिकाका ३६ बर्षिय पूरुषको तम्घासको आइसोलेशनमा उपचारको क्रममा शनिबार राती मृत्यु भएको हो ।
२ जना उपचारपछि घर फर्किए
१७ जना कोरोना संक्रमितहरु मध्ये २ जना उपचारपछि निको भएर घरफर्किएका छन् । जिल्लाको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल र मदाने गाउँपालिका ६ पुर्कोटदह स्थित कृर्षि बिकास बैकंमा कार्यरत एक कर्मचारी उपचार पछि निको भएर घर फर्किएका स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।





