गाउँपालिकाको राहत कोषमा मलेसियाबाट बडिगाडबासीले पठाए ३६ हजार सहयोग !

गाउँपालिकाको राहत कोषमा मलेसियाबाट बडिगाडबासीले पठाए ३६ हजार सहयोग !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड । बडिगाड गाउँपालिकाको राहत कोषमा मलेसियामा रहेका बडिगाडबासीहरुले सहयोग पठाएका छन् । हाल रोजगारीको क्रममा मलेसियामा रहेका उनीहरुले गाउँपालिकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि निर्माण गरेको कोरोना विपद कोषमा नगद रु ३६ हजार ४ सय रुपैयाँ सहयोग गरेका हुन्् ।

मलेसियामा रहनुभएका चक्र श्रीसले सहयोग रकम सकंलन गरी गाउँपालिकाको राहत कोषमा पठाउनुभएको हो । उहाँ मार्फत तारा बिक, बलबहादुर प्रतेल, र श्रीस आफैले रकम सकंलन गरी राहत कोषमा पठाउनुभएको हो । विपदको समयमा गाउँपालिकाले कोरोना नियन्त्रणका लागि चालेको प्रयासका लागि थोरै भएपनि सहयोग होस भनेर आफुहरुले रकम सहयोग गरेको श्रीसले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय