बडिगाडको विपद कोषमा घिमिरे परिवारले गरे २० हजार सहयोग !

बडिगाडको विपद कोषमा घिमिरे परिवारले गरे २० हजार सहयोग !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

जीवन पाण्डे,बाग्लुङ । बडिगाड गाउँपालिकाले सञ्चालनमा ल्याएको कोरोना विपद व्यवस्थापन राहत कोषमा घिमिरे परिवारले सहयोग गरेका छन् । गाउँपालिकाले कोरोना भाइरस कोभिड १९ रोकथाम तथा व्यवस्थापन र अन्य कार्यक्रम संचालन गर्न कोषको स्थापना गरको छ ।

सो कोषमा स्व स्फूर्त रुपमा सहयोग गर्न गाउँपालिकाले अपिल पनि गरेको छ । उक्त राहत कोषमा वडा न. ५ दाग निबासी श्री विद्याधर घिमिरेको नाति चन्द्रमणि घिमिरे र चेमकली घिमिरेका छोरा (हाल जापानबाट ) हरि घिमिरे र बुहारी हिमाली घिमिरेको तर्फबाट नगद रु बिस हजार रुपैयाँ प्रदान गर्नु भएको छ । रकम सहयोग गरेकोमा गाउँपालिकाले सहयोगी प्रति धन्यवाद व्यक्त गरेकोे ।

यो विषम परिस्थितिमा सबैको साथ र सहयोगको आवश्यकता रहेको पनि गाउँपालिकाले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय