बागलुङ । बागलुङमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दु पौडेले आज विहान प्रेस विज्ञप्ती जारी गर्दै बागलुङमा ११ जनासँगै गण्डकी प्रदेशमा २४ जना संक्रमित थपिएको जानकारी गराएका छन् ।
संक्रमित हुनेमा निसीखोलाका ३ जना र बरेङ गाउँपालिकाका ८ जना रहेका छन् । जसमा निसीखोला गाउँपालिकाका २१, २६ र २७ वर्षीय पुरुष, बरेङ गाउँपालिकाका २४, २२, १८, २४, १८, २३ र २७ वर्षीय पुरुष रहेका छन् । यो सँगै बागलुङमा संक्रमितको संख्या ४० पुगेको छ ।





