गुल्मीका थप एक जनामा कोरोना संक्रमण पुष्टी !

गुल्मीका थप एक जनामा कोरोना संक्रमण पुष्टी !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । पाल्पाको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारत दुई जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा पाल्पा पूर्वखोला गाउँपालिका–१ सिलुवाका २३ वर्षीय र गुल्मीको रूरू गाउँपालिका–१ का ३२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ । दुवैमा कोरोना संक्रमण देखिएको छ । र उनीहरुको आइसोलेसनमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डा। राजु शाक्यले जानकारी दिनुभएको छ । कोरोना संक्रमण पुष्टि भएका सिलुवाका पुरुष जेठ २० गते मृत्यु भएका सिलुवाकै ४५ वर्षीय पुरुषसँगै भारतबाट आएका व्यक्ति हुन् ।

स्वास्थ्य समस्या देखिएपछि उनलाई जेठ २२ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो । यस्तै गुल्मीका संक्रमित २३ गते भर्ना भएका हुन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय