बुर्तिबाङमै बन्यो २५ बेडको आइसोलेसन कक्ष, ढोरपाटनका कोरोना सक्रंमितको उपचार हुँदै !

बुर्तिबाङमै बन्यो २५ बेडको आइसोलेसन कक्ष, ढोरपाटनका कोरोना सक्रंमितको उपचार हुँदै !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

हेम विश्वकर्मा । आईतबार कोरोना संक्रमण पुष्टी भएका ढोरपाटन नगरपालिका वडा नं ५ का पुरुषलाई प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमै उपचार गरिने भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै स्वास्थ्य केन्द्रमा २५ बेडको आइसोलेसन कक्ष निर्माण गरिएको हो ।

नगरप्रमुख देवकुमार नेपालीका अनुसार पुरुषका लागि २० बेड र महिलाका लागि ५ बेडको सुबिधासम्पन्न आइसोलेसन कक्ष निर्माण गरिएको छ । संक्रमितका लागि एट्याच बाथरुम, मनोरञ्जनका लागि टि.भी र वाईफाई समेत जडान गरिएको स्वास्थ्यकेन्द्रका प्रमुख डा. मिलन मल्लले बताउनुभयो । आइसोलेसन तयार गर्नका लागि जनप्रतिनिधि, स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानिय लगाएतको सहयोग गरेका थिए ।

केही दिनअघि पश्चिम बागलुङका चार पालिकाहरुबीचको बैठकले ढोरपाटन नगरपालिका—१ बुर्तिबाङमा कोरोना संक्रमित बिरामीको उपचार र रेखदेखका लागि आईसोलेसन निर्माण गर्ने निर्णय गरेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय