बडिगाडका ३१ जनाको कोरोना रिपोर्ट नेगेटिभ !

बडिगाडका ३१ जनाको कोरोना रिपोर्ट नेगेटिभ !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी, बाग्लुङ । बडिगाड गाउँपालिकामा क्वारेन्टाईनमा रहेका ३१ ज्नाको पीसीआर रिपोर्ट नगेटिभ आएको छ । गाउँपालिकाको वडा नं २ खर्बाङ स्थित त्रिभुवन माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेका उनीहरुको स्वाव सकंलन गरि गण्डकी प्रदेश प्रयोगशाला पोखरा परिक्षणका लागि पठाईएकोमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको बडिगाड गाउँपालिका कोरोना व्यवस्थापन तथा द्रुत समितिका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।

उनीहरु सबै भारतबाट आएर क्वारेन्टाईनमा बसेका हुन् । बडिगाड गाउँपालिकाले क्वारेन्टाईनमा बसेको ५ दिन पुरा गरेकाहरुको स्वाव सकंलन गरी पीसीआर परिक्षणका लागि पठाउने गरेको गाउँपालिकाका अध्यक्ष मेयरसिहं पाईजाले जानकारी दिनुभएको छ । साथै उहाँले गाउँपालिकामा झण्डै ३ सय ५० को हाराहारीमा भारतबाट नागरिकहरु भित्रिएको र उनीहरुको अहिले स्वाव सकंलन तथा परिक्षणको काम चलिरहेको बताउनुभयो ।

त्रिभुवन माविकै क्वारेन्टाईनमा रहेका २ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएर केही त्रसित बनेका स्थानीयहरु सोही क्वारेन्टाईनमा बसेका ३१ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि खुसी भएका छन् । सक्रंमित २ जनाको अहिले धौलागिरी अञ्चल कोरोना विशेष अस्पताल बाग्लुङमा उपचार भईरहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय