कोरोनाबाट मृ`त्यु हुनेको संख्या ५ पुग्यो, ललितपुरमा एक जनाको मृ`त्यु

कोरोनाबाट मृ`त्यु हुनेको संख्या ५ पुग्यो, ललितपुरमा एक जनाको मृ`त्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

ललितपुर । कोरोना भाइरस संक्रमणबाट ललितपुरमा एक जनाको मृ*त्यु भएको छ । ललितपुरको किस्ट अस्पतालमा ५७ वर्षीय पुरुषको ज्या*न गएको हो । उनी ललितपुरको बुङमतीका बासिन्दा हुन् । जेठ ११ गते उनी सो अस्पताल भर्ना भएका थिए। १२ गते उनको स्वाब परीक्षणका लागि पठाइएको थियो। आज १४ गते साँझ उनको मृ*त्यु भएको हो।

मृ*त्युलगत्तै आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालालाई उधृत गर्दै ललितपुरका जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले जनाए। उनी ‘अ*ल्कोहलिक लिभर डिजिज’का कारण अस्पताल भर्ना भएका थिए। सोही निर्वाचन क्षेत्रकी सांसद पम्फा भुसालले पनि एक जनाको मृ*त्यु भएको पुष्टि गरिन्। उनले सामाजिक सञ्जालमा मृ*तकप्रति श्र*द्धाञ्जली समेत व्यक्त गरेकी छन्।

यससँगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ५ पुगेको छ। बुधबार साँझसम्म संक्रमितको संख्या भने ९ सय १ पुगेको छ। बुधबार मात्रै एकैदिन १ सय २९ जना संक्रमित थपिएका छन्। Nepal Khabar

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय