टिकटकर आयुष र एलिजेले गरे कोर्ट म्यारिज

टिकटकर आयुष र एलिजेले गरे कोर्ट म्यारिज

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

 टिकटकर जोडी आयुषसिंह ठकुरी र एलिजे जमालीले कोर्ट म्यारिज गरेका छन् । काठमाडौं जिल्ला अदालतमा यी दुईले कोर्ट म्यारिज गरेका हुन। आफ्नो कोर्ट म्यारिजको तस्विर दुवैले आफ्नो सामाजिक संजालमा शेयर गरेका छन् ।

एलिजे र आयुष पछिल्लो समय नेपालका चर्चित टिकटकर हुन् । २०८० असोज १९ गते आयुष र एलिजेले दुबईमा ईन्गेजमेन्ट गरेका थिए। विवाहको तस्बिर शेयर गर्दै एलिजेले लेखेकी छिन, ‘उनीहरूले हामीलाई अनलाइन खोजे तर हामीले हाम्रो सधैंको लागि अनलाइनमा हस्ताक्षर गरिरहेका थियौं। मिस्टर एण्ड मिसेस।’

एलिजे पाकिस्तानी हुन भने आयुष नेपाली हुन्। यी दुईको भेट टिकटक लाईभमार्फत भएको थियो। लाइभबाटै यी दुई प्रेमसम्बन्धमा बाँधिएका थिए। सुरुवाती दिनबाटै यी दुईको जोडी चर्चाको विषय बनेको थियो।

प्रधानमन्त्री केपी ओलीले नेपाली नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेहबीच भएको इन्गेजमेन्टको बधाई दिएका थिए ।

बधाईमा ओलीले भनेका थिए, ‘नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीले (उनीहरूको टिकटक यदाकदा हेर्ने पनि गर्छु) दुबईमाआफ्ना आमाबाबुलाई साक्षी राखेर आ–आफ्नो संस्कृति अनुसार इन्गेजमेन्ट टिकाटालो गरे । मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिन्छ । यसले जाति, धर्म, सम्प्रदायमा भिन्नता होइन समानता खोज्न सिकाउँछ । उनीहरूलाई बधाई छ ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय